दफा २५
कागजात गोप्य रहने
(१) अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालयमा रहेको क्रणपत्र सम्बन्धी व्यक्तिगत खाता तथा तत्सम्बन्धी कागजात गोप्य रहनेछन्।
(२) नेपाल सरकार वा अदालतको आदेश वा प्रचलित कानून बमोजिम जाँचबुझ वा अनुसन्धान गर्न अख्तियारप्राप्त अधिकारीको लिखित अनुरोधबिना उपदफा (१) बमोजिमको कागजात कसैलाई देखाउन, पेश गर्न वा सार्वजनिक गर्न कार्यालय बाध्य हुने छैन।